४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


नयाँ चलचित्र बनाउँदै समुद्र भट्ट



१२ फागुन । निर्देशक समुद्र भट्टले नयाँ नेपाली सिनेमा बनाउने भएकी छन् । नायिका एलिजा गौतम र नायक निश्चल खड्कालाई लिएर उनले चलचित्र बनाउन लागेकी हुन् । शनिबार एलिजा र निश्चललाई मुख्य भूमिकामा अनुबन्ध गरिएको छ ।

द स्काइ ओसन इन्टरटेनमेन्टको ब्यानरमा बनाउन लागिएको सिनेमाको ‘टाइटल’ सार्वजनिक गरिएको छैन । आउँदो वैशाखभित्रै छायांकन सुरु गर्ने निर्माण पक्षको तयारी छ ।

लभ स्टोरी क्राइम थ्रिलरको सिनेमामा समुद्रकै कथा रहने निर्माण पक्षले जानकारी गराएको छ । समुद्रले यसअघि निर्देशन गरेको ‘गून्यो चोलो’ प्रदर्शनको पर्खाइमा छ ।

 

प्रकाशित मिति : १२ फाल्गुन २०८०, शनिबार  ४ : ४८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।