१० कार्तिक २०८१, शनिबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


किर्तिपुरमा टिपरको ठक्करपछि वालिकाको मृत्यु




काठमाडौं
१३ फागुन । काठमाडौंको किर्तिपुरमा टिपरको ठक्करपछि वालिकाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार काठमाडौंको कीर्तिपुर नगरपालिका ६ पाण्डेछाँपस्थित आरबी डिपो प्लायर्समा नजिकै टिपरले ठक्कर दिदा सोही डिपोमा काम गर्ने बाग्लुङ काठेखोला गाउँपालिका ४ घर भएका ईश्वर परियारकी १६ महिनाकी छोरी १६ स्नेहा परियारको शनिबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ ।
सो डिपोबाट बा.२ क ३४०२ नम्बरको टिपरमा गिट्टी लोड गरी निस्कने क्रममा दुर्घटना भएको प्रहरीको भनाई छ ।
टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आइतबार  १ : ३६ बजे