४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


‘फूलको आँखामा’ गीतका रचनाकार दुर्गालाललाई बूढानीलकण्ठ आजीवन साधना सम्मान



१३ फागुन । जनकवि दुर्गालाल श्रेष्ठ ‘बूढानीलकण्ठ आजीवन साधना सम्मान–२०८०’बाट सम्मानित भएका छन्। श्रेष्ठलाई सम्मानस्वरुप ५५ हजार ५ सय ५५ नगद राशि प्रदान गरिएको छ।
बूढानीलकण्ठ नगरपालिकाको आयोजनामा भएको महोत्सवमा कवि दुर्गालाललाई मेयर र उपमेयरद्वारा सम्मान गरिएको हो। उनलाई आजीवन नेपाली र नेपालभाषा साहित्यका लागि गरेका योगदान सम्झँदै सम्मान गरिएको व्योहोरा युवा कवि प्रज्ववल अधिकारीले पढेर सुनाएका थिए।
१९९२ सालमा काठमाडौंमा जन्मिएका ८८ वर्षीय कवि दुर्गालालले आफ्नो स्वास्थ्य अवस्थाका कारण पुरस्कार पाएपछिको धन्यवाद मन्तव्य अडियोमा अभिव्यक्त गरे।

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आइतबार  २ : ०९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।