ललितखबर
१३ फागुन । नेपाली चलचित्रका अभिनेता रमेश उप्रतीले हिन्दु राष्ट्रको समर्थन गरेका छन् । उनले एक टेलिभिजन अन्र्तवार्तामा प्रश्न गरेका छन्, ‘हिन्दु राष्ट्र हुँदैमा के बिग्रेको थियो ? धर्म निरपेक्ष राष्ट्र बनाएर के फाइदा भएको छ ?’
धर्म निरपेक्ष हुँदा देश समृद्ध बनेको भए हिन्दु राष्ट्र हटाएको ठिकै भन्न सकिने तर्क गर्दै अभिनेता उप्रेतीले धर्म निरपेक्ष देश बनाएपछि नेपालमा विदेशी चलखेल बढेको,क्रिश्चियनहरु बढेको बताएका छन् ।
‘देश धर्म निरपेक्ष बनाएपछि केही व्यक्ति परिवर्तन भएको तर आम मान्छे धेरै दुःखी भएका छन्’उनले भने ।
आफ्नो परिचय मेटाएर हामीलाई के फाइदा भएको छ र भन्दै निराशा व्यक्त गरे ।
१३ फाल्गुन २०८०, आइतबार
1k
Shares
प्रतिक्रिया