१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


ललितपुरको लाकुरीभञ्ज्याङमा बन्दैछ मनमोहन पार्क (तस्विरहरु)



ललितखबर
१२ फागुन । सधै भीडभाड र कोलाहलका बीच बाँचेका शहरियालाई सुस्ताउने पार्क जरुरी छ । पछिल्लो समय राजधानीका धेरै ठाँउमा पार्क बनेका छन् । शहरभित्र मात्रै होइन, पछिल्लो समय शहरभन्दा केही पर ललितपुरको लाकुरी भञ्ज्याङमा दुई पार्क छन्, मनमोहन स्मृती पार्क र गणेशमान स्मृती पार्क ।


भञ्ज्याङ जंगलमा घुम्न पुगेका पर्यटकहरुका लागि धमाधाम मनमोहन पार्क निर्माण भइरहेको छ । कम्युनिष्ट नेता मनमोहन अधिकारीको नाममा निर्माण भइरहेको पार्कमा सुस्ताउने चौतारी हिड्ने फुटपाथ र बगैचा बनाइदैछ ।


पार्कमा तीनतले भ्यूटावर बनिसकेको छ । भ्यूटावरबाट राजधानी काठमाडौं उपत्यका र उत्तरतर्फका मनोरम हिमालको दृश्य हेर्न सकिन्छ । श्रृंगऋषि आश्रम र गुफा रहेको लाकुरीडाँडामा मनोरम खुलाचौर र जंगलले ढाकिएको छ । लाकुरी भञ्ज्याङ राजधानीबासीको रमाइलो पर्यटकीय गन्तव्यको रुपमा परिचित हुँदै आएको छ ।


लाकुरी भञ्ज्याङमा बस्ने होटल छन् । हाइकिङ रुट छ । साइकिलिङ गर्ने मिल्ने सडक छन् ।

     

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार  १ : ४९ बजे