२० माघ २०८२, सोमबार | Tue Feb 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


‘इन्द्रेणी’ का सञ्चालक कृष्ण कँडेलविरुद्ध यौन दुर्व्यवहारको मुद्दा



१४ फागुन । इन्द्रेणी कार्यक्रमका सञ्चालक कृष्ण कँडेलविरुद्ध यौन दुर्व्यवहारको मुद्दा परेको छ। एक महिलाले जिल्ला अदालत काठमाडौँमा कँडेलविरुद्ध मुद्दा हालेकी हुन्। कँडेलबाट आफूमाथि पटक-पटक जबरजस्ती करणीको प्रयास भएको भन्दै उनले अदालतमा मुद्दा दर्ता गराएकी हुन्।

काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले मुलुकी अपराध संहिताको दफा २२४ को कसुरमा कँडेलविरुद्ध मुद्दा दर्ता भएको जानकारी दिए।

सो दफामा कसैले कसैलाई यौन दुर्व्यवहार गर्न वा गराउन नहुने भनिएको छ। यस मुद्दामा कँडेल दोषी ठहर भएमा ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिमाना हुन सक्ने कानूनी व्यवस्था छ।

महिलाकै कोठामा समेत पुगेर कँडेलले करणीको प्रयास गरेको भन्दै ती महिलाले हदैसम्मको कारबाही र क्षतिपूर्तिको माग गर्दै कँडेलविरुद्ध मुद्दा दर्ता गराएकी छन्।

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार  ३ : ०१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।