३१ बैशाख २०८१, सोमबार | Mon May 13 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


दक्षिण ललितपुरको लेले चन्दनपुर सडक अवरुद्ध हुने



ललितखबर
१५ फागुन । दक्षिण ललितपुरको लेले चन्दनपुर सडक अवरुद्ध हुने भएको छ ।
लेलेदेखि चन्दनपुरसम्मको सडक आगामी फागुन १६ गतेदेखि फागुन मसान्तसम्म बन्द गरिने कोञ्ज्योसोम गाँउपालिकाले जानकारी दिएको छ । गाँउपालिकाले दैनिक ३ घण्टा सडक खोलेर २१ घण्टा बन्द गर्न लागेको हो ।
सडक मर्मतका क्रममा विहान ९ बजेदेखि ११ बजेसम्म र साँझ ४ बजेदेखि ५ बजेसम्म सडक खुल्ने गाँउपालिकाले बताएको छ । लेले महादेव खोलादेखि नल्लु भञ्ज्याङसम्म घुम्ती काट्न भन्दै गाँउपालिकाले सडक बन्द गरेर निर्माण कम्पनीलाई काम गर्न दिन लागेको हो ।

प्रकाशित मिति : १५ फाल्गुन २०८०, मंगलबार  २ : ०५ बजे