५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


‘उपहार’को ‘कहिले बार बिर्सिन्छु’ गीत सार्वजनिक (भिडिओ)



१७ फागुन । रेखा थापाको चलचित्र ‘उपहार’को तेस्रो गीत सार्वजनिक भएको छ। फिल्ममा समावेश ‘कहिले बार बिर्सिन्छु’ बोलको गीत युट्युब च्यानल ओएस डिजिटलमार्फत सार्वजनिक गरिएको हो।

डान्सिङ प्याटनमा तयार पारिएको गीतमा मायाप्रेमको भाव व्यक्त गरिएको छ। एकअर्काको मायाप्रेममा पर्दा गते, बारदेखि संसार बिर्सिएको कुरा गीतमा देखाइएको छ। इन्दिरा अधिकारीको शब्द रहेको गीतमा अञ्जु पन्त र सैराज खातीको स्वर छ।

गीतमा अर्जुन पोखरेलले संगीत भरेका छन्। गीतको भिडिओमा रेखासहित बेनिशा हमाल पूजा शर्मा मुकुन भुसाल तेज गिरी समर्पण जंग कार्की फिचर्ड छन्।

यी कलाकार गीतमा छमछमी नाचेका छन्। सुलभ प्रतीक देउजा र समीक्षा देउजा निर्माता रहेको फिल्मको कार्यकारी निर्माता बलराम शाही हुन्।

ज्ञानेन्द्र देउजा निर्देशित यो चलचित्र यही फागुन २५ गते रिलिज हुँदै छ।

 

प्रकाशित मिति : १७ फाल्गुन २०८०, बिहिबार  ९ : ५६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।