२० माघ २०८२, सोमबार | Tue Feb 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


गायिका समीक्षा भन्छिन्: बलात्कारी दुई प्रकार हुने रहेछन्



१९ फागुन । गायिका समीक्षा अधिकारीले चितवनकी सालिन पोखरेलको मृत्यु प्रकरणको सत्य तथ्य छानिबन गरी अविलम्ब सार्वजनिक गर्न सरकारसँग माग गरेकी छन्। फेसबुकमा एक पोस्ट सार्वजनिक गर्दै उनले यस्तो माग गरेकी हुन्।

सालिनको तस्बिरसँगै राखिएको पोस्टमा समीक्षाले ‘बलात्कारी पनि समाजमा दुई प्रकारका हुने रहेछन्’ भनी उल्लेख गरेकी छन्।

जसमा उनले पहिलो नम्बरमा ‘माया र करुणाको नाटक गर्ने बलात्कारी’ भनेर नामकरण गर्दै त्यस्ता प्रकारका बलात्कार ‘जसले जिउँदै त छाड्छन् तर जीवनभर मार्छन्’ भनेर टिप्पणी गरेकी छन्।

दोस्रो प्रकारका बलात्कारीमा ‘जबरजस्ती गर्ने बलात्कारी’ भनेर उल्लेख गरेकी छन्। जसबारे उनले ‘जसले न जिउँदो छाड्छन्, न प्रमाण छाड्छन्’ भनेर टिप्पणी गरेकी छन्।

‘यी दुवै फाँसीका लायक छन्’, समीक्षाले लेखेकी छन्,‘ चितवनकी बहिनी सालिना पोखरेल मृत्यु प्रकरणको सत्य तथ्य अविलम्ब सार्वजनिक गर्न सरकारसँग जोडदार माग गर्दछु।’

प्रकाशित मिति : १९ फाल्गुन २०८०, शनिबार  ११ : ४९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।