१० कार्तिक २०८१, शनिबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंको बाफलपुलमा कारले दियो मोटरसाइकललाई ठक्कर, महिलाको मृत्यु



१९ फागुन । काठमाडौंको बाफलपुलमा कार र मोटर साइकल दुर्घटनामा मोटरसाइकलको मृत्यु भएको छ ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका १३ बाफलपुल नजिक सडकमा बा. प्र ०२–०२८ च ८८०३ नम्बरको कारले ग.१७ प ४५५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
शुक्रबार भएको दुर्घटनामा मोटरसाइकलमा सवार नुवाकोट घर भई काठमाडौं थानकोट डेरा गरी बस्ने ४९ वर्षीया निर माया तामाङको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको नेपाल नेशनल अस्पताल कलंकीमा उपचारको क्रममा मृत्यु भएको थियो । दुर्घटनापछि कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०८०, शनिबार  २ : ४१ बजे