५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


‘महाजात्रा’को ट्रेलर सार्वजनिक, पैसाको वरिपरि घुमेको छ चलचित्र



२० फागुन । नेपाली चलचित्र ‘महाजात्रा’को ट्रेलर रिलिज गरिएको छ । आइतबार काठमाडौंमा कार्यक्रम आयोजना गर्दै निर्माण पक्षले ट्रेलर सार्वजनिक गरेको हो । अनपेक्षित रूपमा प्राप्त पैसा, त्यसको व्यवस्थापनमा झेल्नुपर्ने समस्या र परिणाम ट्रेलरमा देखाइएको छ ।

जिन्दगी व्यवस्थापनका निम्ति आवश्यक पैसा अनपेक्षित रूपमा कतै भेटिए त्यसले दिने समस्याको वरिपरि ट्रेलर घुमेको छ । हरिवंश आचार्य, विपीन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउतलगायत चलचित्रका मुख्य कलाकार ट्रेलरमा देखिएका छन् ।

म्याक्स दिपेश खत्री र यज्ञश्वर पौडेल निर्माता रहेको चलचित्र प्रदीप भट्टराईको लेखन र निर्देशनमा तयार भएको हो । आपत्कालीन रूपमा आइपर्ने पैसा व्यवस्थापन गर्ने अवसर र त्यसले निम्त्याउने समस्या चलचित्रको मुख्य कथानक हो ।

चलचित्रमा हरिवंश, विपीन, रवीन्द्रसिंह, रवीन्द्र झा, वर्षासँगै अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङलगायत कलकारको अभिनय छ । ‘महाजात्रा’ आउँदो चैत ९ गते नेपालसहित विभिन्न देशमा एकसाथ रिलिज गरिँदै छ ।

प्रकाशित मिति : २० फाल्गुन २०८०, आइतबार  १० : ४३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।