काठमाडौं
२० फागुन । काठमाडौंको धुम्बराहीमा बसको ठक्करबाट एक युवकको मृत्यु भएको छ ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका ३ धुम्बराही चोकमा ना.८ ख ७१९५ नम्बरको बसको ठक्करबाट दोलखा गौरीशंकर गाउँपालिका ८ बस्ने २७ वर्षीय शरण बहादुर श्रेष्ठको आइतबार बिहान मृत्यु भएको हो ।
ठक्करबाट गम्भीर घाइते भएका उनको शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिएको छ ।








प्रतिक्रिया