ललितखबर
२० फागुन । नेपाली चलचित्र क्षेत्रमा स्थापित नाम हो, हरिबंश आचार्य । तर उनै कलाकार हरिबंश आचार्यले चलचित्र ‘महाजात्रा’ खेल्न मरिहत्ते गरेको रहस्य राजधानीमा आयोजित कार्यक्रममा आफैंले खुलाए ।
चलचित्रको ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै हास्यकलाकार आचार्यले चलचित्र निर्माणअघि नै आफूलाई चलचित्र खेलाउन निर्देशक प्रदिप भट्टराईसँग अनुरोध गरेको बताए । पटकथा समेत लेखेका निर्देशक भट्टराईले चलचित्र निर्माणअघिसम्म हरिबंश आचार्यका लागि कुनै भूमिका थिएन । हास्य कलाकार आचार्यले भने, ‘मेरो भूमिका पछि जुरेकोे हो । मलाई निर्देशक प्रदिप भट्टराईले चलचित्र ‘महाजात्रा’ नखेलाउला कि भन्ने डर लागेको थियो ।’
उनले चलचित्र खेल्न पारिश्रमिकमा कुनै सौदाबाजी नगरेको बताए । उनले चलचित्रका कलाकार विपिन कार्की, विजय बराल र बर्षा राउतसँग चलचित्र खेल्न इच्छा जागेको अनुभव सुनाए ।
चलचित्र महापुरुषमा अभिनय गरेपछि निर्देशक भट्टराईसँग चलचित्र खेल्न इच्छा जागेको उनको भनाई छ ।
चलचित्रमा उनले खलपात्रको भूमिका निभाएका छन् । यही चैत्र ९ गतेबाट चलचित्र महाजात्रा देशभरका चलचित्र भवनहरुमा प्रर्दशन हुने भएको छ ।
२० फाल्गुन २०८०, आइतबार
260
Shares








प्रतिक्रिया