२० फागुन । फोटोपत्रकार क्लबले फोटोपत्रकारको समस्या समाधान गर्न सञ्चारमन्त्रीलाई ४ बुँदे ज्ञापनपत्र बुझाएको छ ।
सञ्चारमाध्यमहरुले आर्थिक मन्दीको बहानामा लामो समयसम्म फोटोपत्रकारहरुलाई एकतर्फी रुपमा निष्कासन गर्ने, राजीनामा गर्न दबाब दिने, समयमा मासिक पारिश्रमिक नदिने जस्ता कार्य रोक्न सम्बन्धित निकायमार्फत मन्त्रालयले आवश्यक निर्देशन दिनुपर्ने माग राख्दै ज्ञापन पत्र बुझाएको हो ।
क्लवले मन्त्रिपरिषद्मा पुगेको न्यूनतम पारिश्रमिक सम्बन्धी व्यवस्था यथाशीघ्र पारित गर्नुपर्ने, सरकारद्वारा आयोजना गरिने महत्त्वपूर्ण सार्वजनिक कार्यक्रममा फोटो पत्रकारहरुलाई सहज पहुँचको व्यवस्था गरिनुपर्ने र सरकारले फोटो पत्रकारको क्षमता अभिवृद्धिका निम्ति तालिमको व्यवस्था गर्नुपर्ने माग राखेको छ ।
कार्यवाहक अध्यक्ष दिपेश श्रेष्ठ, महासचिव प्रकाश चन्द्र तिमिल्सेना, कोषाध्यक्ष द्वारिका काफ्ले, सदस्यहरु अंगद ढकाल, दिपेन श्रेष्ठको टोलीले भेटमा मन्त्री शर्मालाई श्रमजीवी फोटो पत्रकारहरुका विभिन्न समस्याबारे अवगत गराउँदै समाधानका लागि पहल गरिदिन आग्रह गरेको हो ।
ज्ञापनपत्र बुझेपछि मन्त्री शर्माले भनिन्, ‘श्रमजीवी पत्रकारहरुको न्यूनतम पारिश्रमिकको विषय मन्त्रालयले क्याबिनेटमा लगिसकेको छ । सबै मिलौँ, छिटो गराँै भनेकी छु । अन्य सबै समस्याका कुरा त छँदैछ । कैयन् कुराहरु स्ट्रगल गर्ने कुराहरु हो । कैयन् विषय राज्यले नीति, कानुन बनाएर त्यसलाई उपलब्ध गराइदिनेछ ।’
२० फाल्गुन २०८०, आइतबार
32
Shares








प्रतिक्रिया