२१ फागुन । चलचित्र ‘महाजात्रा’ले दर्शक हँसाउने संकेत दिएकोे छ ।
चलचित्रको ट्रेलरमै दर्शक अठ्ठाहास छोडेर हाँसेपछि चलचित्र हास्यप्रधान रहेको रहस्य खुलेको हो । कार्यक्रम प्रस्तोता नरेश भट्राईले ट्रेलर सार्वजनिकपछि कलाकार र पत्रकार हाँसेको देखेपछि चलचित्र सफल हुने दाबी गरे ।
राजधानीको एक चलचित्र हलमा ट्रेलर सार्वजनिक कार्यक्रममा सञ्चारकर्मी,पत्रकार र कलाकार निरन्तर हाँसेको सुनियो । कलाकारहरुले पनि चलचित्रमार्फत रमाइलो पाराले कथा भनिएको बताए ।
ट्रेलरमा अभिनेता विपिनले साहु अन्र्तवार्ता लिने प्रसंग होस् वा गरिवको श्रीमतीले नपत्याएको धेरै ठाँउमा हाँसो उठ्ने दृश्य छन् । चलचित्रमा उनले पन्ध्र सोह्र हजार त देला नि यो मन्दीमा भन्ने सोच्याथे, ‘चालिस हजार दिएर म¥यो ।’ भन्दै हसाउछन् ।
निर्देशक प्रदिप भट्टराईले समाजका बेथितीलाई रमाइलो ढंगले भन्न खोजेको बताए । चलचित्रहरुमा हसाउदै आएका हास्यकलाकार हरिबंश आचार्यले पनि खेलेका छन् ।
प्रतिक्रिया