२६ माघ २०८२, आइतबार | Sun Feb 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


म नमर्दासम्म देशमा उथलपुथल भइराख्छ: प्रधानमन्त्री



२१ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनमा भएको हेरफेरलाइ निरन्तरतामा क्रम भंगता भएको बताएका छन् ।

माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले सोमबार नेपाली कांग्रेससँग गरेको गठबन्धन तोड्दै नेकपा एमालेसँग नयाँ गठबन्धन बनाएका छन् ।

सोमबार दिउँसो काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले यसलाई नयाँ उथलपुथलका रूपमा व्याख्या गरेका छन् ।

माओवादी निरन्तरतामा रमाएर बस्न नसक्ने भएकाले निरन्तरतामा क्रम भंग गरेको उनको भनाइ छ ।

उनले भने, ‘आजको दिन अलि विशेष दिन भयो । आजको दिन फेरि एकचोटि नयाँ ध्रुवीकरण, नयाँ राजनीति परिस्थिति सृजना भयो, फेरि एउटा उथलपुथल हुने दिन बन्यो । साँचो कुरा हो, माओवादी जहिले पनि सिद्धान्त र व्यवहारको दृष्टिकोणले जमेको पोखरी जस्तो गरेर बस्ने होइन । गडगडाउँदो खोला जस्तो बग्ने नदी हो । निरन्तरतामा रमाएर स्थिरतामा बस्न सक्दैन । निरन्तरतामा क्रमभंग गर्दै नयाँ नयाँ परिस्थितिहरू निर्माण गर्दै अगाडि बढ्ने जात हो ।’

उनले सबै क्रान्तिकारी एक ठाउँमा केन्द्रीत हुन आवश्यक रहेका भन्दै खिइँदैै, सुक्दै र एक्लो हुँदै अनि फेरि ठूला कुरा गरिराख्न नमिल्ने बताए । उनले कांग्रेसको नाम नलिइ सँगै रहेर सत्ता सञ्चालन असहज भएकाले नयाँ परिस्थिति बनेको संकेत पनि गरे ।

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार  ११ : १० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।