१६ बैशाख २०८१, आइतबार | Sun Apr 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरको बालकुमारी मन्दिरबाट चाँगुनारायणसम्म शिवपार्वती रथ यात्रा



भक्तपुर
२१ फागुन । ललितपुरको बालकुमारी मन्दिरबाट भक्तपुरको चाँगुनारायण नगरपालिका ८ सुडाल कलमसीमा एक सय आठ फिट अग्लो कल्पेश्वर महादेव मन्दिरसम्म शिवपार्वती रथ यात्रा हुने भएको छ ।
मानवकल्याण आध्यात्मिक प्रतिष्ठानले आज रफत सञ्चार क्लब भक्तपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा यसबारे जानकारी दिँदै प्रतिष्ठानका संस्थापक अध्यक्ष तथा शिवतान्त्रिक बुद्धिकुमार गुरुले यही फागुन २३ गते विजय एकादशीको दिन १५औँ बृहत् शिवपार्वती रथ यात्राको आयोजना गरिने बताए ।
प्रतिष्ठानले हरेक वर्ष झँै यसवर्ष पनि ललितपुरको बालकुमारी मन्दिरबाट बिहान सुरु हुने रथयात्रा कोटेश्वर, जडिबुटी, लोकन्थली, ठिमी, राधेराधे, सूर्यविनायक, कमलविनायक, सुडालहँुदै चाँगुनारायण ८ कलमसी कल्पेश्वर धाममा पुगेर समापन हुने उनले बताए ।
पत्रकार सम्मेलनमा प्रतिष्ठानका महासचिव इन्द्रप्रसाद श्रेष्ठले रथयात्राको सम्पूर्ण तयारी पूरा भएको बताए । प्रतिष्ठानले सुडालको कलमसीमा एक सय आठ रोपनी क्षेत्रफलमा एक सय आठ फिट अग्लो कल्पेश्वर महादेवको मूर्तिसहित मन्दिर निर्माण सुरु गरेको छ ।
त्यस क्षेत्रमा शिवको मूर्तिलगायत बुद्ध, मायावती, बुद्धका सात पाइला, श्री एक सय आठ आवल ब्रम्हचारी बालागुरु षडानन्दको मूर्ति समेत राखिने छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार  ४ : २२ बजे