१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


बन्द भयो ‘मुन्द्रेको कमेडी क्लव’



ललितखबर
२२ फागुन । २०७६ सालबाट सुरु भएको हास्यप्रधान स्टेज कार्यक्रम ‘मुन्द्रेको कमेडी क्लव’ एक्कासी बन्द भएको छ ।
कार्यक्रमका प्रस्तोता जितु नेपालले १ सय ८४ माग पुरा गरेर कार्यक्रम बन्द भएको बताएका छन् ।
आज मंगलबार तेश्रो सिजनको अन्तिम भाग नेपाल टेलिभिजनबाट प्रशारण हुँदैछ । पहिलो सिजनमा अभिनेत्री दिपाश्री निरौलालाई अध्यक्ष चयन गरेर सुरु भएको कार्यक्रम दोश्रो सिजनमा अभिनेत्री करिष्मा मानन्धरको प्रवेश भएको थियो । तेश्रो सिजनमा भने प्रिंयका कार्की अध्यक्ष थिइन् ।
बन्द भएको सन्दर्भमा प्रस्तोता नेपालले कार्यक्रमको सन्दर्भमा सबै कुरा कमेडी क्लवको कार्यक्रममै भनेको बताएका छन् । उनले बन्द हुनुको खास कारण समय आएपछि भन्ने बताए ।
पछिल्लो समय हसाउने भन्दा पनि प्रर्दशनन्मुख चलचित्रको प्रचार गर्ने ठाँउको रुपमा कमेडी क्लवको उपभोग हुँदै आएको थियो ।
बलिउडको चलचित्रका कलाकारहरु ल्याएर भारतमा कपिल शर्माले सुरु गरेको द कपिल शर्मा शो जस्तै नेपालमा प्रस्तोता नेपालले पहिलो पल्ट नेपालमा कमेडी शो सुरु गरेका थिए ।

 

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलबार  ३ : २९ बजे