२५ माघ २०८२, शनिबार | Sun Feb 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


मामाघरमा बस्दै आएकी किशोरीको शव फेला



पथरी (मोरङ)
२२ फागुन । मोरङको पथरी शनिश्चरे ७ लामाटोलीमा एक किशोरीको शव फेला परेको छ । खोटाङकी १५ वर्षीया ज्ञानकुमारी राई (संजना)को अज्ञात व्यक्तिले धारिलो हतियार प्रयोग गरी हत्या गरेको आशङ्का गरिएको छ ।
स्थानीयवासीका अनुसार शनिश्चरे १ स्थित पञ्चायत माविमा कक्षा ७ मा अध्ययनरत किशोरी राई मामाघरमा बस्दै आएकी थिइन् । गए राति शौचालय जाने क्रममा उनको हत्या भएको हुनसक्ने स्थानीयले आशङ्का गरेका छन् ।
राति सुतिसकेको समयमा आवाज आएपछि हेर्न जाँदा ज्ञानकुमारीलाई अज्ञात व्यक्तिले धारिलो हतियार प्रयोग गरी भागेको देखिएको किशोरीका दाजु विमल राईले बताएका छन् ।

घटनालगत्तै विमलले स्थानीयको सहयोगमा प्रहरीलाई खबर गरेका थिए । घटना घटेको केही समयमै घटनास्थललाई इलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङका वरिष्ठ प्रहरी उपरीक्षक (एसपी) नवराज कार्कीले जानकारी दिएका छन् । प्रहरीले प्रारम्भिक अनुसन्धान सुरु गरिसकेको छ ।

 

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलबार  ५ : ०५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।