१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


सुनको भाउमा नयाँ रेकर्ड



२३ फागुन । बुधबार पनि सुनको भाउ ऐतिहासिक उचाइमा पुगेको छ। बुधबार तोलामा ५०० रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्यमा पुगेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार बुधबार छापावाला सुन प्रतितोला १ लाख २३ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २२ हजार ९०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।
मंगलबार सुनको भाउ तोलामा २ हजार रुपैयाँले बढेर नयाँ रेकर्ड बनामएको थियो। बुधबार पुनः सो रेकर्डलाई तोड्दै सुनको भाउले नयाँ रेकर्ड बनाएको हो।
यस्तै चाँदीको भाउ भने घटेको छ। बुधबार चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ४४० रुपैयाँ पुगेको महासँघले जनाएको छ। मंगलबार चाँदी प्रतितोला १ हजार ४४५ रुपैयाँमा खरिदबिक्री भएको थियो।

 

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार  ५ : १४ बजे