१० बैशाख २०८३, बिहिबार | Fri Apr 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


माधव नेपाललाई देउवाले भने‘प्रधानमन्त्री प्रचण्डले धोका दिए सँगै मिलेर जाऔं’



२३ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग भेटेर सहकार्यको प्रस्ताव राखेका छन् । बुधबार बिहान अध्यक्ष नेपालको कोटेश्वरस्थित निवास पुगेर सभापति देउवाले आगामी दिनमा पनि सहकार्यको प्रस्ताव गरेका हुन् ।

भेटका क्रममा देउवाले नेपाललाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धोका दिए, अब सँगै मिलेर अघि बढ्न आग्रह गरेको स्रोतले बताएको छ। नेपालले आज बिहान बस्ने पार्टीको बैठकमा कुरा राख्ने र त्यसपछि निर्णय लिने जवाफ दिएका थिए।
यसअघि मंगलबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाललाई भेट्न पुगेका थिए । ओलीले आफ्ना विश्वासपात्रहरू उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेललाई पनि संगै लिएर गएका थिए । उता, एकीकृत समाजवादीका तर्फबाट महासचिव घनश्याम भुसाल र उपाध्यक्ष प्रमेश हमाल सहभागी थिए ।

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार  ५ : ५१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।