१६ बैशाख २०८१, आइतबार | Sun Apr 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


प्रदेश सासंद मिनकृष्णले गरे सासंद रघुनाथको आलोचना



ललितखबर
२७ फागुन । ललितपुरको बज्रबाराहीमा आयोजित कार्यक्रममा वागमती प्रदेश सासंद मिनकृष्ण महर्जनले अर्का प्रदेश सासंद रघुनाथ महर्जनको भनाईप्रति विमत्ती जनाउदै आलोचना गरेका छन् ।
गोदावरी नगरपालिकाको आठौं बार्षिकोत्सवको सन्दर्भमा आयोजित कार्यक्रममा ललितपुर क्षेत्र नं. ३ बाट विजयी सासंद रघुनाथले गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनलाई नेवारी उखान ‘राजा चाही राम्रो तर जनता भोकै’ सुनाउदै जनता भोकै हुन नहुने सुझाव दिएपछि सासंद महर्जनले सासंद महर्जनको भनाईको आलोचना गरेका छन् ।
सरकारले सन् २०३० सम्म दिगो विकाश लक्ष्यका लागि उल्येख्य काम गर्नु पर्ने र त्यसका लागि नगरपालिकाको पनि योगदान दिनुपर्ने सुझाउदै नगरपालिकाले पनि यसका लागि काम गर्नु पर्ने तर्क गरेका थिए ।
सासंद मिनकृष्ण महर्जनले सभामा दुईबर्ष अघि भएको नगरपालिकाको निर्वाचनको प्रसंग निकाल्दै नेपाली काँग्रेसको तर्फबाट मेयर महर्जन विकासको काम गरेकाले भारी मतले मेयरमा गजेन्द्र महर्जन विजयी भएको तर नेकपा एमाले दुई पटक नै पराजित भएको भन्दै आलोचना गरे ।
सासंद मीनकृष्ण महर्जनले सासंद रघु महर्जनले राजा महाराजाको कुरा निकालेर उल्टो कुरा गरेको भन्दै आलोचना गरे ।
दुई बर्ष अघि बनेको गोदावरी नगरपालिका भवन देखाउदै देशकै राम्रो भवन बनाएको तर्क गरे । उनले महर्जनले अघिल्लो निर्वाचनभन्दा धेरै मत पाएको बताउदै जनतामा प्रख्यात भएको बताए ।
सांसद मीनकृष्ण महर्जनले मेयर विवादित नभएको दाबी गरे । तर केही दिनअघि मेयर गजेन्द्र महर्जन सरकारी गाडी दुरुपयोग गरेर परिवारसहित भ्रमणमा गएको भिडियो सार्वजनिक भएसँगै चौतर्फी आलोचना भएको थियो । मेयर महर्जनकै निर्णयमा गोदावरीको ७ बुरुञ्चुलीमा आर्ट भिलेज बनाउन केन्द्र सरकारको अधिनमा रहेको सरकारी वन कानूनविपरित भाडामा दिएको र केन्द्र सरकारकै अधिनमा रहेको भागावनको ढुंगा बिक्रि गरेको भन्दै अख्तियारमा उजुरी परेको थियो । यी विवादित आयोजनाको अख्तियारले अनुसन्धान गरिरहेको छ ।
सासंद मीनकृष्ण महर्जनले भारी मतका साथ नेपाली काँग्रेसको तर्फबाट मेयर पदमा उम्मेदवार गजेन्द्र महर्जन विजयी भएको तर्क गरे पनि २०७९ सालको स्थानीय निर्वाचनमा गठबन्धनको दल नेकपा माओवादीको बलियो साथ थियो । उनी ३ हजार ९३८ मतान्तरले विजयी भएका थिए ।
२०७९ सालको स्थानीय तहमा महर्जनले १९ हजार १७० मत पाएका थिए भने नेकपा एमालेका उम्मेदवार गम्भिर राणाले १५ हजार २ ३२ मत पाएका थिए ।
२०७४ सालमा भने नेकपा एमालेका उम्मेदवार श्यामकुमार सिलवालसँग उनको मतान्तर २ हजार ७३३ थियो । यो बेला नेकपा माओवादीका उम्मेदवार ५ हजार ६७० रहेको थियो ।

कार्यक्रममा बोल्ने क्रममा सासंद उर्मिला लामाले नगरपालिकाले सासंदहरुसँग समन्वय नगरेको बताउदै विकासका सन्दर्भमा बोलाएर छलफल गर्न सुझाव दिइन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०८०, आइतबार  ४ : २४ बजे