२० माघ २०८२, सोमबार | Mon Feb 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


उपहारको गीत ‘खाडीमा भेटौँला’ रिलिज(भिडियोसहित)



२९ फागुन । गत शुक्रवार रिलिज भएको नेपाली चलचित्र ‘उपहार’को ‘खाडीमा भेटौँला’ गीत रिलिज गरिएको छ । मङ्गलवार सार्वजनिक गीतमा मोहन नेपालीको स्वर, अर्जुन पोखरेलको सङ्गीत र प्रमोद ढुङ्गानाको शब्द छ । गीतको भिडियोमा रेखा थापा, मुकुन भुसाल र राइडर प्रशान्त फिचर्ड छन् ।

ज्ञानेन्द्र देउजाद्वारा निर्देशित यो चलचित्र यति बेला देशभरका हलहरूमा प्रदर्शन भइरहेको छ । रेखा फिल्मस र कपनगढी सिनेमा प्रालिको ब्यानरमा रेखा थापा प्रस्तुत कर्ता रहेको फिल्ममा रेखा थापा, पुजा शर्मा, मुकुन भुसाल, बेनिशा हमाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, शिशिर राणा, अंशु महर्जन, विनोद पौडेल, आशा भुसाल, शोभारस घिमिरे, मन्जु श्रेष्ठ, कमल भट्ट, राइडर प्रशान्त र सरिता राजोपाध्यायलगायतको अभिनय छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलबार  ५ : २४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।