१६ बैशाख २०८१, आइतबार | Mon Apr 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


चापागाँउमा भयानक कार दुर्घटना, पाँच जना घाइते



ललितखबर
३० फागुन । ललितपुरको चापागाँउ प्याङ्गाँउमा आज एकाविहानै एटटा कार भनायक दुर्घटनामा परेको छ । दुुर्घटनापछि कारमा यात्रा गरिरहेका पाँच जना घाइते भाएको छन् ।
महानगरिय ट्राफिक प्रहरी कार्यालय चापागाँउका अनुसार टाहाखेलबाट चापागाँउ बजारतर्फ गइरहेको विएवि ४०५७ नम्बरको कारले बा ५ ख ५७५२ बसलाई ठक्कर दिएको थियो ।
कारले बसको पछाडि भागमा ठक्कर दिएपछि सो दुर्घटना भएको हो । ठक्करपछि कारको अघिल्लो भागमा क्षति पुगेको छ भने बसको पछाडितर्फ क्षति पुगेको छ ।
दुर्घटनामा घाइते भएका विरामीहरुलाई पाटन अस्पतालमा उपचारका लागि पठाइएको छ । चारै जनाको हात खुट्टामा चोटपटक लागेको र बोल्न सक्ने अवस्था रहेको ट्राफिक कार्यालयका बरिष्ठ प्रहरी नायव निरिक्षक श्यामसुन्दर कामतले ललितखबरलाई बताए ।
मोरङ जिल्ला विराटनगर महानगरपालिका १५ बस्ने बर्ष ५२ को राजेन्द्र कार्की र सोही स्थानमा बस्ने नीजको श्रीमती ४९ बर्षकी जानुका कार्की , सोही ठेगाना रहेका बर्ष १७ को नीजका छोरा हेमन्त कार्की, गोदावरी १० टाहाखेल बस्ने बर्ष ४८ की निर्मला महर्जन र गाडीका चालक गोदावरी १० बस्ने बर्ष ३६ का बुद्धिराज महर्जन रहेका छन् ।
प्रत्यक्षदर्शीका अनुसार कार तीब्र गतिमा अनियन्त्रित रुपमा अघि बढिरहेको थियो ।
उनका अनुसार चालक महर्जन र कार प्रहरीको नियन्त्रणमा छ ।

 

प्रकाशित मिति : ३० फाल्गुन २०८०, बुधबार  ५ : ३३ बजे