१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


पाटनको वालकुमारी मन्दिरको पुर्ननिर्माणपछि उद्घाटन



पाटन (ललितपुर)
३० फागुन । ललितपुरको पाटनस्थित वालकुमारीको मन्दिरको पुर्ननिर्माणपछि उद्घाटन गरिएको छ ।
आव विहान राष्ट्रपति रामचन्द्र पौडेल मन्दिरको उद्घाटन गरेका हुन् ।
राष्ट्रपति पौडेलले मन्दिरको उद्घाटनपछि काठमाडौँ, ललितपुर र भक्तपुरका महत्त्वपूर्ण ऐतिहासिक सम्पदाहरूको पुनःनिर्माण गरी जीवन्त राख्न गरेको प्रयास र यसले पर्यटन प्रवर्द्धनमा पुर्याएको योगदान प्रशंसनीय रहेको बताए ।
उनले पर्यटनको विकासका लागि हाम्रो कला र संस्कृति विश्वमा आकर्षणको केन्द्र बनेकाले यिनको जगेर्ना गर्नुपर्नेमा जोड दिए ।
विसं २०७२ को भूकम्पले क्षतिग्रस्त यस मन्दिरको पुर्ननिर्माणमा महानगरपालिकाले आर्थिक सहयोग गरेको महानगरका मेयर चिरीबाबु महर्जनले बताए ।
बालकुमारी मन्दिर संरक्षण तथा पुनःनिर्माण समितिका अध्यक्ष खड्गलाल महर्जनले मन्दिरको ऐतिहासिक पृष्ठभूमि तथा पुनःनिर्माणका बारेमा जानकारी गराएका थिए ।

प्रकाशित मिति : ३० फाल्गुन २०८०, बुधबार  ५ : ४७ बजे