२५ माघ २०८२, शनिबार | Sun Feb 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सिन्धुलीमा ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु



३० फागुन । सिन्धुलीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सर्लाहीको हरिवन नगरपालिका-७ का ३० वर्षीय रिद्दिबहादुर मिरिङसिङ रहेका छन् ।
आज बिहान कमलामाई नगरपालिका-१३ माथिल्लो रानिबासस्थित मदन भण्डारी राजमार्गमा कटारीबाट भिमानतर्फ आउँदै गरेको म.प्र.०४-००१ क ००५१ न. को ट्रकले विपरीत दिशाबाट आएको ९२प ६५६२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका मिरिङसिङलाई उद्धार गरी जिल्ला अस्पताल सिन्धुली लिइएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलेले जनाएको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०८०, बुधबार  ७ : ०१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।