१६ बैशाख २०८१, आइतबार | Sun Apr 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


जडिबुटीबाट बेपत्ता भएका पुरुष चोभारमा मृत फेला



३० फागुन । काठमाडौंको जडिबुटीबाट बेपत्ता भएका ६० वर्षीय अर्जुन लामा चोभारमा मृत अवस्थामा भेटिएका छन् । जिल्ला प्रहरी परिसर, ललितपुरका अनुसार चोभारस्थित मञ्जुश्रीपार्क नजिकै बिहीबार लामाको शव भेटिएको हो ।

शव भेटिएपछि खोजतलासका लागि निवेदन दिएकाहरुको हुलिया हेर्दा जडिबुटीबाट हराएकै अर्जुन लामाको शव पुष्टी भएको प्रहरीले बताएको छ । लामाको परिवारले २२ फागुनमा घरबाट निस्किएका बुबा सम्पर्कविहीन भएको भन्दै खोजतलासका लागि प्रहरी वृत्त, बानेश्वरमा निवेदन दिएका थिए ।

अहिले उनको शवलाई पोष्टमार्टमका लागि पाटन अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०८०, बुधबार  ५ : २० बजे