२७ बैशाख २०८१, बिहिबार | Thu May 9 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


गोकर्णेश्वरबाट नाबालिकालाई वेश्यावृत्तिमा लगाएको आरोपमा खाजा घर संचालक पक्राउ, दुई नाबालिकाको उद्दार



काठमाडौं
१ चैत । काठमाडौंको कोकर्णेश्वरबाट बालिकाहरुलाई वेश्यावृत्तिमा लगाएको आरोपमा होटल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ भने दुई नावालिकाको उद्दार गरेको छ ।
प्रहरीका अनुसार विभिन्न किसिमको प्रलोभनमा पारी वेश्यावृत्तिमा लगाउने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौं गोकर्णेश्वर नगरपालिका ५ शिबचोकस्थित कालिञ्चोक स्टाफ होटल तथा खाजा घरका संचालक उदयपुर बेलका नगरपालिका–५ ठेगाना भएका ३८ वर्षीय हिरन राईलाई मंगलबार प्रहरीले पक्राउ परेका छन् ।
उक्त खाजा घरमा बालिकाहरूलाई वेश्यावृत्तिमा लगाउने गरेको भन्ने सूचनाको आधारमा मानव बेचबिखन अनुसन्धान व्यूरोबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न राईलाई पक्राउ गरेको हो । साथै उक्त स्थानबाट नाबालिका सहित दुई जनालाई प्रहरीले उद्दार समेत गरेको छ ।
उनी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान गर्नुका साथै घटनामा संलग्न अन्य अभियुक्तहरूको समेत प्रहरीले खोजी गरिरहेका जानकारी दिएको छ ।

प्रकाशित मिति : १ चैत्र २०८०, बिहिबार  ७ : १४ बजे