१६ बैशाख २०८१, आइतबार | Mon Apr 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


कान्ति लोकपथको काल्चेमा सडक मर्मत गर्न यातायात सञ्चालनमा निषेध



मकवानपुर
१ चैत । काठमाडौँबाट हेटौँडा जोड्ने कान्ति लोकपथअन्तर्गत पर्ने ललितपुरको भट्टेडाँडास्थित काल्चे सडक मर्मतसम्भार गर्ने उद्देश्यले आज बिहानदेखि यातायात सेवामा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

उक्त सडक निर्माणका क्रममा चैत १ गतेदेखि विसं २०८१ वैशाख १५ गतेसम्म यातायात सञ्चालनमा रोक लगाइएको सडक विभागले जिल्ला प्रहरी कार्यालय मकवानपुरलाई जानकारी गराएको जिप्रका मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले बताएका छन् ।

उनका अनुसार, काठमाडौँ कान्ति लोकपथ हुँदै आउने सवारीसाधनलाई काठमाडौँको थानकोट मकवानपुरको चित्लाङ हुँदै हेटौँडातर्फ आवतजावत गर्न अनुमति प्रदान गरिएको उल्लेख गरे ।
उक्त सडकमा हल्का सवारीसाधन दैनिक दुई हजारभन्दा बढी आवतजावत गर्ने गरेको भीमफेदी इलाका प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

 

प्रकाशित मिति : १ चैत्र २०८०, बिहिबार  ७ : ३३ बजे