१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


दक्षिण ललितपुर प्युटारमा आगलागी, २० लाखको क्षति



२ चैत्र । ललितपुरको प्युटार फुर्केडाँडास्थित एक घरमा आगलागी भएको छ । आश्राङ प्रहरी चौकीका अनुसार विहीबार विहान ४ बजे भएको आगलागी पछि करिव २० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
आगलागीपछि घरधनीएन्टी कुमार बजगाईको परिवारले माथिल्लो तला जलेपछि मात्रै चाल पाएका थिए । विहानको अध्यारोमा आगलागी भएका कारण धेरै क्षति भएको प्रहरी चौकी प्रमुख काले खड्काले ललितखबरलाई बताए ।
उनका अनुसार स्थानीय र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो । आगलागीपछि सुन, नगद,गरगहना,अन्नपात,लत्ता कपडा,फर्निचर सबै जलेर नष्ट भएको छ ।
सदरमुकाम पाटनबाट करिव ६० किलोमिटर पहाडी दुर्गम भेगमा पर्ने प्युटारमा दकमल लैजान असम्भव रहेको उनी बताउछन् । भन्छन्, ‘दमकल आईपुग्दा यहाँ आगोले सबै खरानी बनाई सकेको हुन्छ । त्यसैले हामीले दमकल बोलाएनौ ।’
आगलागी विद्युत सर्ट भएर हुन गएको प्रहरीले आशंका गरेको बताए । आगलागीका कारण पशुपञ्छी र मानवीय क्षति भने हुन सकेन । परिवारका सबै सदस्य सकुशल रहेको प्रहरी प्रमुख खड्काले बताए ।

प्रकाशित मिति : २ चैत्र २०८०, शुक्रबार  ४ : ५९ बजे