११ मंसिर २०८१, मंगलबार | Wed Nov 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


अमिताभ बच्चनको एञ्जियोप्लाष्टी शल्यक्रिया



२ चैत । बलिउडका सुपरस्टार अमिताभ बच्चन अस्पताल भर्ना भएका छन् । उनलाई शुक्रबार बिहान मुम्बईस्थित कोकिलाबेन अस्पतालमा भर्ना गरिएको हो । ८१ वर्षीय अमिताभको एञ्जियोप्लाष्टी शल्यक्रिया गरिएको छ ।

बिहान उनी उच्च सेक्युरिटीको साथ अस्पताल पुगेका थिए । खबरहरूका अनुसार अभिनेताको काँधमा समस्या भएपछि अस्पतालमा भर्ना गरिएको थियो । उनको टिमले यो खबरको पुष्टि भने गरिसकेको छैन । तर उनको अवस्था स्थिर रहेको बताइएको छ । हालैका दिनमा अमिताभ स्वास्थ्यका कारण चर्चामा छन् ।

प्रकाशित मिति : २ चैत्र २०८०, शुक्रबार  ११ : १७ बजे