१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुर एमालेको नयाँ नेतृत्वको चयन गर्दै



२ चैत्र । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ललितपुरको नवौँ अधिवेशनले यसै महिनाको अन्त्यमा नयाँ नेतृत्वको गर्ने भएको छ ।
यही चैत्र २३ देखि २५ गतेसम्म हुने नवौँ अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने भएको हो ।
अशिवेशनले आगामी तीन वर्षका लागि पार्टीको अध्यक्ष, उपाध्यक्ष, सचिव र २ उपसचिव सहित १२० सदस्यीय नयाँ जिल्ला कमिटी निर्वाचित गर्दैछ ।
अधिवेशन तयारीका लागि जिल्ला पार्टी अध्यक्ष पुरुषोत्तम आचार्यको संयोजकत्वमा ४ सय ७५ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ ।
आउँदो चैत्र २३ गते अधिवेसन हुँदैछ भने सोही दिन ५ बजेदेखी बन्दसत्रपछि निर्वाचन प्रक्रिया सुरु हुनेछ । अधिवेशनले सर्वसम्मती गर्न नसके चैत्र २५ गते ८ बजेबाट मतदान प्रक्रिया सुरु कार्यतालिका छ । जिल्लाले मतदान विद्युतीय भोटिङ मेसिनमार्फत गर्ने योजना बनाएको छ । मत गणना सोही दिन सार्वजनिक हुनेछ । पार्टी कार्यालयका अनुसार अधिवेशनको क्रममा ¥याली र बृहतसभा भने हुनेछैन ।

प्रकाशित मिति : २ चैत्र २०८०, शुक्रबार  ३ : ५५ बजे