१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


हरिसिद्धि कर्मनाशा खोलामा करेन्ट लगाएर माछा मार्ने पुरुषको मृत्यु



३ चैत्र । ललितपुरको हरिसिद्दिस्थित कर्मनासा खोलामा करेन्ट लगाएर माछा मार्न खोज्दा करेन्ट लागेर मृत्यु भएको छ ।

ललितपुर प्रहरीका अनुसार ललितपुर महानगरपालिका– ८ हरिसिद्धि कर्मनाशा खोलास्थित खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर चन्दबहादुर एरीको ज्यान गएको छ ।
सल्यान कपुरकोट गाउँपालिका ४ घर भएका ४६ वर्षीय चन्दबहादुर एरीको करेन्ट लागेर मृत्यु भएको हो । करेन्ट लागेर गम्भीर घाइते भएका उनको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : ३ चैत्र २०८०, शनिबार  ३ : ०५ बजे