१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र समिक्षा प्रकाशित भएपछि अभिनेत्री केकी अधिकारी रुष्ट



ललितखबर
३ चैत्र । अभिनेत्री केकी अधिकारीले सञ्चारमाध्यमहरुमा चलचित्रको समिक्षा आउँदा रुष्ट भएको अनुभव सुनाएकी छिन् ।
राजधानीमा नेपाल अन्र्तराष्ट्रिय चलचित्र महोत्सव(निफ)ले आयोजना गरेको अन्र्तक्रियामा महत्व बल्ल बुझ्न थालेको बताइन् । उनले चलचित्रमा आफ्नो भूमिकाको सन्दर्भमा नकारात्मक समिक्षा प्रकाशित हुँदा आफूप्रति पत्रकारले बैरभाव राखेको हो कि भन्ने सुरुका दिनमा लाग्ने गरेको अनुभव सुनाइन् । भनिन्, ‘तर मलाई भनेको होइन रहेछ । मैले अभिनय गरेको पात्रको विषयमा र चरित्रको विषयमा लेखिएको रहेछ भन्ने आजकल बुझ्ने गरेकी छु ।’
चलचित्र आफ्नो भूमिकाको विषयमा विभिन्न कोणकाट टिका टिप्पणी सहितको समिक्षा आउँदा असझिलो महसुस गरेकी उनले यो पात्र चलचित्रमा किन छ ? भनेर सुरु गरिने भन्दै असन्तुष्टि जनाइन् ।
राजधानीमा शनिबार चलचित्र समिक्षाको विषयमा चलचित्र निर्देशक कलाकार र पत्रकारले बहस गरेका थिए ।
सञ्चारमाध्यमहरुमा प्रकाशन हुने चलचित्रको समिक्षाको विषयमा अभिनेत्री केकी अधिकारी, निर्देशक प्रदिप भट्राई र पत्रकार तथा सम्पादक केपी ढुंगानाबीच बहस भएको हो ।
चलचित्र निर्देशक प्रदिप भट्राईले चलचित्र समिक्षाका कारण आफूले निर्देशनलाई धेरै फाइदा पुगेको देखि केही पनि असर नगरेकोसम्म अनुभव सुनाए । उनले आफ्नो चलचित्र ‘जात्रा’ प्रर्दशनपछि सञ्चारमाध्यमहरुमा सकारात्मक समिक्षा आएपछि दर्शकको चासो बढेपछि चलचित्रले फाइदा उठाएको बताए । उनले भने, ‘तर चलचित्र ‘सत्रु गते’को समिक्षामा धेरै नकारात्मक समिक्षा सञ्चारमाध्यममा आयो । तर पनि चलचित्र हेर्ने दर्शकको हलमा भीड कम भएन ।’
बहसको क्रममा सञ्चारमाध्यमहरुमा पुर्वाग्राही समिक्षा लेखिने गरेको भन्दै अभिनेत्री केकी अधिकारीले तीतो पोखिन् । निर्देशक भट्राईले चलचित्र समिक्षालाई आफूले सधैं सम्मान गर्ने र दर्शकले चलचित्रको समिक्षाको समेत समिक्षा गर्ने बताए । उनले भने, ‘डिजिटल मिडियामा समिक्षाको बारेमा समेत विभिन्न कमेन्ट पढ्न पाइन्छ । चलचित्र समिक्षाको समेत समिक्षा हुने गरेको छ ।’
एक सञ्चारमाध्यममा प्रधानसम्पादकको समेत भूमिका निभाइरहेका पत्रकार केपी ढुंगानाले सञ्चारमाध्यमहरुमा प्रकाशन हुने समिक्षा पुर्वाग्राही नहुने बताए । उनले चलचित्रको समिक्षा सुत्रबद्ध रहने खुलासा गर्दै निश्चित मापदण्डमा रहेर गरिने हुँदा समिक्षा विश्वास गर्न लायक हुने बताए ।

 

 

प्रकाशित मिति : ३ चैत्र २०८०, शनिबार  ४ : ०९ बजे