१६ बैशाख २०८१, आइतबार | Mon Apr 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


कान्ति लोकपथको काल्चेभीरमा साँझ विहान सवारीसाधनको भीड



ललितखबर
४ चैत्र । राजधानीबाट हेटौडा जाने आउने कान्ति लोकपथको भट्टेडाँडा सडकखण्ड काल्चेभीरमा आजकल साँझ विहान सवारी साधनको लस्कर हुन्छ ।
विहान १० बजेदेखि साँझ ५ बजेसम्म सडक स्तरोन्नतीका क्रममा भीर कटान सुरु भएपछि सवारीसाधनको लस्कर लग्ने गरेको हो । चैत १ गतेबाट बन्द भएको सडक सुरुका दिनमा लामो लस्कर लाग्ने गरेको थियो ।
भट्टेडाँडा प्रहरी चौकीका प्रहरी हवल्दार शम्सेर माझीले विहान १० बजेखि ५ बजेसम्म एम्बुलेन्स समेत बन्द गरेर काम सुचारु गरिएको बताए ।
आजदेखि दुई वटा मेसिन चल्ने उनले बताए । उनले भने, ‘वैशाख १५ गतेसम्म सडक बन्द हुन्छ । बेलुका आवत जावत गर्न पाइन्छ ।’ सडक सुचारु गर्न र मर्मतका लागि सुरक्षार्थ प्रहरीचौकीबाट दुई जवान तैनाथ रहेको प्रहरी हवल्दार माझीले बताए ।
कान्तिलोकपथ सडक सुधार आयोजनाका अनुसार सडक फराकिलो बनाई भित्तामा पर्खाल लगाइनेछ ।
बर्षा याम सुरु भएपछि पहिरोले दुःख दिने अवस्था रहेकाले बर्षा अगाडि नै सडक सुधार गर्न लागिएको हो । कान्तिलोकपथको काल्चेको पहिरो बर्षा याममा सधैजसो दुःख दिने गरेको छ ।
केही समयदेखि संघीय राजधानी काठमाडौं र प्रदेश राजधानी हटौडा ओहोर दोहोर गर्न कान्तिलोकपथ खुला गरेपछि यात्रुले सहज रुपमा यात्रा गर्न पाइरहेका छन् ।
तराई जानका लागि २०१३ सालमा खुलेको यो सडक लामो समयसम्म अपलत्र थियो ।

 

प्रकाशित मिति : ४ चैत्र २०८०, आइतबार  २ : ४४ बजे