१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


एमाले ललितपुरको नेतृत्वका लागि आचार्य, सञ्जेल र कार्कीको रस्साकस्सी



ललितखबर
२ चैत्र । नेकपा एमालेको नयाँ नेतृत्वका लागि दौडधुप सुरु भएको छ ।
यही चैत्र २३ गतेबाट ललितपुरको पाटनमा सुरु हुने नवौँ जिल्ला अधिवेशनले नयाँ नेतृत्व टुंगो लगाउने भएपछि जिल्ला पार्टी कमिटी अध्यक्ष पुरुषोत्तम आर्चाय, पुर्वप्रदेश कमिटी सदस्य चेतनाथ सञ्जेल र पुर्वप्रदेश कमिटी सदस्य दिनेश कार्कीले भेटघाट र छलफल तीब्र पारेका छन् ।
हाल जिल्ला कमिटी अध्यक्षको जिम्मेवारी लिइरहेका आचार्य एकपल्ट पुनः अध्यक्ष दोहो¥याउने मनस्थितीमा रहेका छन् । उनी प्रतिश्पर्धी सञ्जेल र कार्कीलाई मनाउन सकिने र आफू फेरि जिल्लाको नेतृत्व समाल्ने दाउमा छन् ।
आचार्यलाई पालिटव्युरो सदस्य सुशीला नेपालको साथ र समर्थन छ । सञ्जेल केन्द्रिय सदस्य हरिकृष्ण व्यञ्जनकारको र कार्कीलाई पार्टी प्रदेश सचिव नवराज सिलवालको सहयोग रहेको एमाले बृत्तमा चर्चा छ । पछिल्लो समय नेताहरु कार्यकर्ताहरुको सहयोग सदभाव बटुल्ने र प्यानल बनाएर निर्वाचनमा होमिने योजनामा छन् । उनीहरु दिनभर कार्यकर्ता भेटघाट र छलफलमा व्यस्त हुने गरेका छन् ।
अशिवेशनले आगामी तीन वर्षका लागि पार्टीको अध्यक्ष, उपाध्यक्ष, सचिव र २ उपसचिव सहित १२० सदस्यीय नयाँ जिल्ला कमिटी निर्वाचित गर्दैछ ।
अधिवेशन तयारीका लागि जिल्ला पार्टी अध्यक्ष पुरुषोत्तम आचार्यको संयोजकत्वमा ४ सय ७५ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ ।
आउँदो चैत्र २३ गते अधिवेसन हुँदैछ भने सोही दिन ५ बजेदेखी बन्दसत्रपछि निर्वाचन प्रक्रिया सुरु हुनेछ । अधिवेशनले सर्वसम्मती गर्न नसके चैत्र २५ गते ८ बजेबाट मतदान प्रक्रिया सुरु कार्यतालिका छ । जिल्लाले मतदान विद्युतीय भोटिङ मेसिनमार्फत गर्ने योजना बनाएको छ । मत गणना सोही दिन सार्वजनिक हुनेछ । पार्टी कार्यालयका अनुसार अधिवेशनको क्रममा ¥याली र बृहतसभा भने हुनेछैन ।
दिनेश कार्की भने अघिल्लो कार्यकालमा ललितपुर महानगर २४ धापाखेलमा नेकपा एमालेको तर्फबाट वडाध्यक्ष निर्वाचित भएर काम गरेका थिए । भने केही समयअघिसम्म पार्टीको प्रदेश कमिती सदस्यको जिम्मेवारी लिएरका थिए ।
जिल्लाको आठौं अधिवेशनमा प्रदेश सासद समेत रहेका चेतनाथ सञ्जेल र पुरुषोत्तम आचार्यले नेतृत्वको दावी गरेपनि अन्नतः आचार्य सर्वसम्मत अध्यक्ष चयन भएका थिए । यसपछि सञ्जेल अध्यक्षको दावी नछोड्ने अडान लिएर अधिवेशनमा प्रस्तुत हुने दाउमा छन् भने आचार्य आफूलाई सर्वसम्मत बनाउने कोसिसमा छन् ।

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार  ३ : ५२ बजे