१६ बैशाख २०८१, आइतबार | Sun Apr 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


दक्षिण ललितपुरको महाँकाल गाँउपालिकाद्वारा पालिका गानको भिडियो सार्वजनिक, स्थानीयले गरे आलोचना



ललितखबर
६ चैत्र । दक्षिण ललितपुरको महाँकाल गाँउपालिकाले एक समारोहकाबीच सोमबार पालिका गान सार्वजनिक गरेको छ ।
पालिका गीत सार्वजनिकसँगै सामाजिक सञ्जाल युट्युवमा समेत प्रशारण भएको छ । पालिका गान प्रशारण भएपछि स्थानीयहरुले विभिन्न कोणबाट दृष्टिकोण सार्वजनिक भएको छ । गीतको धेरैले गौरवको विषय भएको भन्दै सामाजिक सञ्जालमा शेयर गरिरहेका छन् भने कतिपय स्थानीयले आलोचना गरेका छन् ।
गायक समेत रहेका महाकाल गाउपालिकाका स्थानीय कृष्ण दाहालले स्थानीय कलाकार र सर्जहहरुलाई ठाँउ नदिएकोमा असन्तुष्टि जनाएका छन् ।
उनले सामाजिक सञ्जालमार्फत प्रश्न गरेका छन्, ‘गाउँपालिकाको गानलाई न्यायपुर्ण गायन र सङ्गीत दिने यहि माटोले जन्माएको गायक गायिका र सङ्गितकारको अभाव भएकै हो र हामीले अरुको गुहार माग्नु परेको? महाकालले यहि ठाउँको गीतकार पाउँदा यहि ठाउँको सङ्गितकार र सम्पुर्ण गायक गायिका पनि पाउन सक्ने अवस्था थियो होला नि ?’
पालिकाले आफ्नै गाउँठाउँंको कलालाई उपयोग, संरक्षण र विकासको लागि भनेर खोलिएको संस्थाको कार्यशैली र स्वयं गाउँपालिकाको भुमिका पनि स्थानीय कलाकारलाई निषेध गरेर अगाडि जान खोजेको देखिएको उनले प्रतिकृया दिएका छन् ।
यद्यपी गाँउपालिकाले गाँउपालिकाका अध्यक्ष्य गणेश केसीके छोरी समेत रहेकी सुजाता केसीले गाँउपालिका गानमा स्वर दिएकी छिन् ।
स्थानीय सुर्दशन घिमिरेले गाउपालिकाको बुखेललाई गीतमा उल्येख नगरेकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।
महाँकाल गाँउपालिकामा गीतको भिडियो नेताहरुको अनुहार !!!
दक्षिण ललितपुरको महाँकाल गाँउपालिकाले सार्वजनिक गरेको पालिका गीतमा नेताहरुको अनुहार रहेको फुटेज राखेर सार्वजनिक गरेको छ ।
गीतमा पालिका अध्यक्ष, जिल्ला समन्वय समितीका प्रमुख ऋषिदेव फुँयाल समेत देखिन्छन् ।
पालिका गीतमा स्थानीय गौरव गर्नलायक सम्पदा, पर्यटकीय क्षेत्र र विकाश परियोजना राखेर पालिका गीत बनाउनु पर्नेमा महाँकाल गाँउपालिकाका जनप्रतिनिधिहरुले आफूहरुकै अनुहार राखेर गीतको भिडियो बनाएका हुन् ।
गाँउपालिकाका प्रमुख कार्यकारी अधिकृत अशोक विष्टले भिडियोमा जनप्रतिनिधि, पुर्वजनप्रतिनिधि र कर्मचारीहरु समेत भिडियोमा देखिएको बताए । भने, महाँकाललाई समृद्ध बनाउन भूमिका खेल्नेहरुको अनुहार देखाइएको हो ।
कतिपयले पालिका गीतमा सबै वडाको नाम नसमिटेको भन्दै असन्तुष्टि जनाएका छन् ।
गत २०७९ भदौंमा गाँउपालिकाले प्रतिश्पर्धाबाट रामसुन्दर केसीले रचना गरेको गीतलाई महाँकाल गाँउपालिका गानको रुपमा छनौट गरेको थियो । प्रतिश्पर्धामा रहेका राजकुमार बजगाँई दोश्रो,नवराज सञ्जेल आरजे तेश्रो र नारायणप्रसाद दाहाल चौथो बनेका थिए ।
गीतमा राम कुमार नेपाली, मुना ठटाल, सुदिप राज जैरु र सुजाता केसीले स्वर दिएका छन् ।
गीतको संगीत रामकुमार नेपालीको रहेको छ भने भिडियो छायाँकन विष्णु बरालले गरेका छन् भिडियो निर्देशन र सम्पादक क्रान्ति केसीले गरेका हुन् ।

प्रकाशित मिति : ६ चैत्र २०८०, मंगलबार  ५ : ३० बजे