१६ बैशाख २०८१, आइतबार | Sun Apr 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


फ्राइडे रिलिजमा ‘महाजात्रा’, देशभरका ३४२ हलमा शो



९ चैत । फ्राइडे रिलिजअन्तर्गत आजबाट नेपाली कथानक चलचित्र ‘महाजात्रा’ रिलिज भएको छ । प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको चलचित्र आजबाट देश भरका हलमा रिलिज भएको हो ।

सिनेमाले ३४२ भन्दा धेरै शो पाएको निर्माता दीपेश खत्री (म्याक्स)ले बताएका छन् । आजै नेपाली बसोबास गर्ने विभिन्न ४० देशका २५० भन्दा धेरै सहरमा ‘महाजात्रा’ रिलिज भएको उनले बताए ।

आकस्मिक रूपमा प्राप्त पैसा व्यवस्थापन गर्दाका समस्या नै चलचित्रको मुख्य कथा हो । चलचित्रमा विपीन कार्की, रवीन्द्र सिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, हरिवंश आचार्यलगायत कलाकार मुख्य भूमिकामा छन् ।

प्रकाशित मिति : ९ चैत्र २०८०, शुक्रबार  ५ : ३८ बजे