११ मंसिर २०८१, मंगलबार | Wed Nov 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


मातृभाषी चलचित्रहरु मौलिक कथामा निर्माण गरेर बजार बिस्तार गर्नुपर्ने



१२ चैत्र । आदिवासी जनजाति मातृभाषी चलचित्रहरु गुणस्तर र मौलिक कथामा निर्माण गरेर बजार बिस्तार गर्नु पर्ने सरोकारवालाहरुले जोड दिएका छन् । आदिवासी जनजाति मातृभाषी प्रवर्धन समितिको संयोजनमा अन्तरक्रिया कार्यक्रममा मातृभाषी चलचित्रहरुले पनि नेपाली चलचित्रका दर्शक पाउन सक्ने आदिवासी जनजाति मातृभाषी प्रवर्धन समितिको संयोजक ज्योति राज राईले बताए।
आदिवासी जनजाति मातृभाषी चलचित्रको निर्माण,प्रवर्धन सहकार्य र बजारीकरण सम्बन्धि विचार गोष्ठी र अन्तरक्रिया कार्यक्रम गरिएको हो।
चलचित्र विकास बोर्ड अन्तर्गत आदिवासी जनजाति मातृभाषी प्रवर्धन समितिले आयोजना गरेको कार्यक्रममा आदिवासी जनजाति मातृभाषी सम्बन्धित सम्पूर्ण संघ संस्थाको सहभागिता रहेको थियो।
आदिवासी जनजाति मातृभाषी प्रवर्धन समितिको संयोजक ज्योति राज राईको सभापतित्वमा भएको कार्यक्रममा चलचित्र विकास बोर्डका पुर्व अध्यक्ष राज कुमार राई,निर्देशक सुरज सुब्बा नाल्बो,निर्माता तथा निर्देशक मिलन चाम्लिङ राई, गुरुङ फिल्म एशोसियसन नेपालका गुन्ज गुरुङ,ः याक्थुङ चलचित्रकर्मी संघ नेपालका उपाध्यक्ष तथा चलचित्र निर्माता सैलेन्द्र नाल्बो, मगर चलचित्रकर्मी संघका अध्यक्ष भिम बहादुर राना मगर, माझी चलचित्रकर्मी संघका उपाध्यक्ष बिवस कुमार माझीलगायत थुप्रै चलचित्रकर्मीहरुको उपस्थिती रहेको थियो।
आदिवासी जनजाति मातृभाषी चलचित्रहरुकर्मीहरु एक हुनु पर्ने र आदिवासी जनजाति मातृभाषी चलचित्रहरुकर्मीहरु एक भएर आफ्नो कला संस्कृति र आफ्नो मातृभाषालाई कसरी अगाढी बढाउन सकिन्छ भन्ने मुख्य उदेश्यले यो कार्यक्रमको आयोजना गरिएको बताइएको छ । आदिवासी जनजाति मातृ संघहरुले आफ्नो स्थानबाट कामहरु गरि रहेका, आदिवासी जनजाति मातृ संघहरु र चलचित्रकर्मीहरुको समन्यव हुनु जरुरी रहेको र आदिवासी जनजाति मातृभाषी प्रवर्धन समितिले त्यो कार्यलाई अघि बढाई रहेको आदिवासी जनजाति मातृभाषी प्रवर्धन समितिका संयोजक ज्योति राज राईले बताए।
२०६६ सालमा स्थापना भएको समितिले पहिलो पटक यसरी सम्पूर्ण मातृ संघ संस्था र आदिवासी जनजाति चलचित्रकर्मीको उपस्थितिमा कार्यक्रम गरेको हो। आगामी दिनमा आदिवासी जनजाति चलचित्रकर्मीहरुको हित र उत्थानमा थुप्रै कार्यक्रम गर्ने योजना रहेको संयोजक राईले बताए।
कार्यक्रमको संचालन अम्मर लामाले गरेका थिए। आदिवासी जनजाति मातृभाषी प्रवर्धन समितिमा संयोजक ज्योति राज राई,सदस्यहरुमा अम्मर लामा, बिस्वास मगर, सगिना सुनुवार, रबिन गुरुङ, लक्ष्मी योङहाङ, अमृता माझी र सदस्य सचिवमा हरि सिंह रैखोला रहेका छन् ।

प्रकाशित मिति : १२ चैत्र २०८०, सोमबार  २ : ४७ बजे