२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


पहिलो एनिमेटेड चलचित्र ‘सलिना’मा यसै सातादेखि प्रर्दशनमा, राजपरिवार र युद्धको कथा



१३ चैत्र । आउँदो शुक्रबार नेपालकै पहिलो एनिमेटेड ‘सलिना’ देशभरका चलचित्र भवनहरुमा प्रर्दशन हुने भएको छ ।
चलचित्रको ’सलीना’सार्वजनिक ट्रेलरमा राजपरिवार, युद्ध र राजधानीका देविदेवताहरुको दृश्य सार्वजनिक भएको छ । चलचित्रमा महादेवको मूर्ति सिद्धार्थ गौत्तम अनि बसन्तपुरको कालभैरव र लाखेको दृश्य समेत ट्रेलरमा अटाएको छ । चलचित्रमा धिमेबाजाको धुन समेत प्रयोग गरिएसँगै चलचित्र नेपाली मौलिक एनिमेटेड चलचित्र रहेको संकेत दिएको छ । चलचित्रले हिन्दु बौद्ध धार्मिक पृष्ठभूमिका राजपरिवारको कथा रहेको समेत छनक दिन्छ ।
सलीना रेनमेकर एनिमेसन एकेडेमीले निर्माण गरेका यस चलचित्र तेजसराज जोशी र श्रुति श्रेष्ठले निर्माण गरेको चलचित्रलाई शिव पुरी र श्रुति श्रेष्ठले सम्पादन गरेका छन् भने चलचित्रको निर्देशन तेजसराज जोशीले गरेका हुन् । ग्राफिक कलाकार सगिन महर्जन, अविनाश सिंह थारु र शिरभा मानन्धरले तयार गरेको यस चलचित्रनेपाली प्राविधिक र नेपाली भाषामा निर्माण गरिएको यो नेपालकै पहिलो एनिमेटेड फिचर चलचित्र हो ।
चलचित्रमा बेनिशा खतिवडा, अदिती ज्ञवाली, एज्मे कुइंकेल, झरना राई, तेजसराज जोशी, सुशील नेपाल, देव न्यौपाने, शिव पुरी, युविन पुजारी, जुना थापा, कुमार न्यौपाने, प्रकाश अधिकारी, रोशन भट्ट, सगिन महर्जन, अविनाश सिंह थारु, शिरभा मानन्धर, विराज खड्का, लजना श्रेष्ठ, श्रुति श्रेष्ठ, सुदिष्णा श्रेष्ठ, सुनिना शाक्य र कृष्मा राजकर्णिकारलगायतले आवाज दिएका छन् ।

फिल्मलाई श्री ब्यांकटेश इन्टरटेनमेन्ट प्रालीको तर्फबाट मनोज राठी र उज्वल पौडेलले वितरण गर्दैछन् ।

 

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलबार  ४ : ४८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।