१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘महाजात्रा’लाई होलीमा हल बन्द हुँदा समस्या



१३ चैत्र । गत शुक्रबारबाट प्रर्दशन भइरहेको चलचित्र ‘महाजात्रा’लाई तराईका जिल्लामा हल बन्द हुँदा व्यापारमा समस्या परेको छ ।
चलचित्रका निर्देशक प्रदिप भट्राईले कतिपय तराईका जिल्लाहरुमा हल बन्द हुँदा चलचित्रको व्यापारमा प्रभाव परेको बताए ।
सबैजसो हलहरुमा चलचित्र हेर्ने दर्शकको भीड भए पनि सोमबार चलचित्रको आँकडा प्राप्त नभएको निर्देशक भट्राई बताउछन् । उनी भन्छन्, ‘शुक्रबार, शनिबार र आइतबार चार करोड २६ लाख कुल व्यापार गरेको छ ।’
गएको सात बर्षअघि भट्टराईले चलचित्र ‘जात्रा’ निर्देशन गरेपछि चलचित्र सुपर हिट बनेको थियो । गएको चारबर्ष अघि सुन तस्करीको कथामा ‘जात्रैजात्रा’को सिक्वेल निर्माण गरिएको थियो ।
प्रदीप भट्टराईको निर्देशनमा बनेको चलचित्रमा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्र सिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, दिव्यदेव, राजाराम पौडेल, शिशिर वाङ्गदेल, प्रकाश घिमिरे, अर्जुनजंग शाही, मोहन निरौला लगायतको अभिनय छ । चलचित्रको कार्यकारी निर्माता कलाकार रविन्द्र सिंह बानियाँ हुन् भने निर्मातामा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल छन् ।
चलचित्रमा कालोधन लुकाउन चलचित्रका फडिन्द्र तिमल्सिना,जोयस र मुन्नाभाईको रमाइलो हर्कत हेर्न पाइन्छ । चलचित्रले धेरै ठाँउमा हसाँउछ भने कतिपय ठाँउमा भावुक बनाउछ । चलचित्रमा हरिबंश आचार्य पुण्यप्रसाद उपाध्याय पात्रको रुपमा भष्ट नेताको अभिनय गरेका छन् ।
चलचित्रलाई षट्कोण आर्ट्सको ब्यानरमा निर्माता म्याक्स दीपेश खत्रीले निर्माण गरेका हुन् ।
चलचित्रको विभिन्न देशको प्रर्दशन अधिकार निर्माण पक्षले बिक्रि गरिसकेको बताइएको छ

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलबार  ५ : ०७ बजे