१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


एमाले अध्यक्ष केपी ओली ‘चलचित्रप्रेमी नेता’



ललितखबर
१३ चैत्र । अक्सर नेपाली राजनीतिक दलका नेताहरु चलचित्र हेर्न हलसम्म पुग्दैनन् ।
तर पछिल्लो समय नेकपा एमालेका नेता केपी शर्मा ओली चलचित्र हेर्न पुग्ने गरेका छन् ।
उनी पछिल्लो समय चलचित्र हेर्ने मात्रै होइन चलचित्रमा अभिनय गर्दै छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले अभिनेता रमित ढुंगानाको डेब्यू निर्देशित फिल्म ’नमेटिने घाउ’ मा अभिनय गर्न लागेका हुन् ।

काठमाडौंमा केही समयअघि औपचारिक घोषणा कार्यक्रममा सहभागी भएर उनले चलचित्रको शुभारम्भ समेत गरेका थिए ।

उनी तेजाब आक्रमणमा परेकी एक किशोरीको विषयमा भूमिका हुने बताइएको छ ।

गतफागुन १० गते राजधानीमा आयोजित चलचित्र ‘गोर्खा वारियर’को प्रिमियर हेर्न एमाले अध्यक्ष पुगेका थिए । एमाले अध्यक्ष ओलिले चलचित्र पुरा समय हेरेर सञ्चारकर्मीलाई प्रतिकृया समेत दिएका थिए ।
सोमबार साँझ पनि एमाले अध्यक्ष ओली राजधानीको एक हलमा पुगेर चलचित्र महाजात्रा समेत हेरेका छन् । चलचित्र हेरेपछि उनले सञ्चारकर्मीहरुसँग चलचित्रबारे टिप्पणी समेत गरे ।
उनी बेला बेलामा चलचित्रको विषयमा सामाजिक सञ्जालमा लेख्छन् । भाषणका क्रममा समेत चलचित्रका विषयबस्तुमा टिप्पणी छन् ।
नेपाली चलचित्र क्षेत्रका कलाकारहरुसँग अध्यक्ष ओलीको उठबस बाक्लै देखिन्छ ।

 

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलबार  ८ : ०० बजे