५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


आर्जु पौडेल ‘मिस इकलेज २०२४’ को विजेता (तस्विरहरु)



काठमाडौँ
१३ चैत । आर्जु पौडेल ‘मिस इकलेज २०२४’ को ताज पहिरिन सफल भएकी छिन् ।


राजधानीमा आज आयोजित प्रतियोगितामा १६ जना प्रतिश्पर्धीलाई पछि पार्दै पौडेल विजेता घोषित भएकी छिन् । अन्तिम प्रतिस्पर्धामा रहेका प्रगियोगीमध्ये निर्णायक मण्डलको निर्णयअनुसार आर्जु पौडेलले उक्त ताजसफल भएकी छिन् ।


सिजन मिडियाद्वारा आयोजित समारोहमा पौडेलले एक थान ल्यापटप र रु ३५ हजार राशिको पुरस्कार पाएकी छिन् । उनले यस्तै प्रतियोगितामा फष्ट रनर अप रसिला थापा, सेकेण्ड रनर अप स्वस्तिका बज्राचार्य, थर्र्ड रनर अप बेनिसा बज्राचार्य भएका छन् ।


प्रतियोगितामा स्वस्तिका बज्राचार्य मस्ट टेलेन्ट,अञ्जली चौधरीले मिस इनोसेन्ट, आर्जु पौलेलले मिस पपुलर,अर्चना चौधरीले मिस फोटोजेनिक,श्रृष्टि शाहीले मिस कन्फिडेन्स,कुमारी कटुवालले भ्युअर च्वाइस,स्मिता सापकोटाले मिस पर्सनालिटी, अप्सा मानन्धरले मिस चार्मिङको उपाधि जितिन् ।


समाजसेवा सम्मान प्रदान
सिजन मिडिया प्रालिले विभिन्न विधाका गरी २३ व्यक्ति र संस्थालाई आज ११ औँ राष्ट्रिय समाजसेवा सम्मान (नेसनल सोसल वेयलफेयर अवार्ड) प्रदान गरेको छ ।
आज आयोजित कार्यक्रमबीच प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना र प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले सम्मान प्रदान गरेका हुन् ।
राष्ट्रिय समाजसेवा अवार्डबाट सम्मानित हुनेमा एसिड पीडितका उद्धारकर्ता उज्वलविक्रम थापा, बाल मजदुर सरोकार केन्द्र (सिविन), मुटुरोग विशेषज्ञ डा कमल शर्मा लम्साल, रक्षा नेपालका संस्थापक मेनुका थापा, नेपाल रेडक्रस सोसाइटीका स्वयंसेवक नारायणकुमार श्रेष्ठ, मानव बेचबिखनविरुद्धका अभियानकर्मी इन्द्रराज भट्टराई, टोपबहादुर मल्ल, संरक्षण अभियन्ता बल्लु गुप्ता, समाजसेवीहरु प्रेमकुमार खत्री, सरु सुवेदी, दिनेश उप्रेती, हिमालयन एनिमल ट्रष्टका संस्थापक खगेश्वर शर्मा भट्टराई, डोल्पाली चिकित्सक डा अखण्ड उपाध्याय, व्यावसायिक कृषक यादव ढकाल, सूर्यविनायक नगर अस्पताल, चिकित्सक डा मनिषा कार्की रहेका छन् ।


यस्तै विशेष समाजसेवा सम्मानबाट सम्मानित हुनेमा ललितपुरका समाजसेवी सुलोचना शाक्य, लायन्स इन्टरनेसनलका सेकेण्ड सेञ्चुरी एम्बेसडर अनन्तप्रसाद भेटुवाल, समाजसेवी तथा व्यवसायी लायन मानबहादुर रोका, राष्ट्रिय समाचार समिति (रासस) का शिक्षा पत्रकार प्रकाश सिलवाल, किवानिज क्लब नेपालका डिस्ट्रिक्ट डिभिजन–३ एलटी गभर्नर (इलेक्ट) प्रमिला लामिछाने, मकवानपुरको थाहा इन्भेस्टमेन्ट ग्रुप र काठमाडौँको बागमती सफाइ महाभियानका प्रतिनिधि रहेका छन् ।


सिजन मिडियाका अध्यक्ष प्रदीपराज वन्तले सामाजिक क्षेत्रमार्फत समाज सेवामा ती व्यक्ति र संस्थाले आफ्ना विषयमा दिएको रुपान्तरणकारी योगदानका लागि ती सम्मान दिइएको जानकारी दिए ।

 

 

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलबार  ६ : ४३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।