१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘द रेड सुटकेस’को ट्रेलर सार्वजनिक(भिडियोसहित)



२० चैत । नेपाली चलचित्र ‘द रेड सुटकेस’को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार सुन्धाराको सिटीसी मलस्थित सिडिसी चलचित्र भवनमा आयोजित एक कार्यक्रमका बिच ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा फिल्मका कलाकार विपिन कार्की, सौगात मल्ल, सृष्टि श्रेष्ठ लगायते स्थान पाएका छन् । भेनिस फिल्म फेस्टिभलमा दुई दुई वटा अवार्ड जित्न सफल ‘द रेड सुटकेस’ फिडेल देवकोटाको लेखन तथा निर्देशनमा तयार भएको हो । सौगात, विपीन र सृष्टि श्रेष्ठको अलवा चलचित्रमा प्रवीण खतिवडाको पनि रोचक भूमिका छ ।

कार्यक्रममा अभिनेता प्रवीन खतिवडाले फिल्ममा युवाहरूले देखेको सपना, आसाहरूको विषय रहेको बताए । उनले देशका आर्थिक, सामाजिक र राजनीतिक परिवेश समेत पिःलममा रहेको सुनाए । फिल्मका निर्माता रामकृष्ण पोखरेलले ‘रेड सुटकेस’ दुर्लभ फिल्म भएको बताए । फिल्मका निर्देशक फिडेल देवकोटाले फिल्ममा आफ्नो शैली पछ्याउन सकियो भने कुनैपनि फेष्टिभल जान गाहे नपर्ने बताए ।

आइसफल प्रोडक्सनका लागि रामकृष्ण पोखरेलले निर्माण गरेको फिल्मलाई सुशन प्रजापतिले खिचेका हुन् भने फिल्ममा समन अलभितिगाले सम्पादन गरेका छन् । श्रीलंकामा प्राविधिक काम गरिएको फिल्ममा शोभा थापा निर्माता र श्रीलंकाकै विमुक्ति जयसुन्दरा सह निर्माताको रूपमा रहेका छन् । गत वर्षको सेप्टेम्बरमा भेनिसमा वल्र्ड प्रिमियर भएको फिल्मले त्यही फेस्टिभलमा महत्त्वपूर्ण दुई अवार्ड जितेको थियो ।

प्रकाशित मिति : २० चैत्र २०८०, मंगलबार  २ : ०३ बजे