२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


बागमती सरकारको स्वास्थ्यमन्त्रीमा रामेश्वर श्रेष्ठ नियुक्त



मकवानपुर
२० चैत । बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रीमा ललितपुर क्षेत्र नं. २ बाट प्रदेश सासंदमा विजयी बनेका सासंद रामेश्वर श्रेष्ठ नियुक्त भएका छन् ।
वागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले बागमती प्रदेशका नवनियुक्त स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठसहित केशवप्रसाद पोखरेल, एकालाल श्रेष्ठ र प्रकाश श्रेष्ठलाई आज पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।

मुख्यमन्त्री जम्कट्टेलले मौजुदा मन्त्रिपरिषद्मा हेरफेर गरी चार जना मन्त्री समावेश गरेका थिए । मुख्यमन्त्रीको सिफारिसअनुसार प्रदेश प्रमुख शर्माले बागमती प्रदेशसभा सदस्य केशवप्रसाद पोखरेललाई वन तथा वातावरण मन्त्रालय, रामेश्वर श्रेष्ठलाई स्वास्थ्य मन्त्रालय, एकालाल श्रेष्ठलाई खानेपानी, सिँचाइ तथा उर्जा र प्रकाश श्रेष्ठलाई उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

यसैबीच प्रदेश प्रमुख शर्माले नेकपा एकीकृत समाजवादीका तर्फबाट रमा आले मगरलाई विना विभागीय मन्त्रीमा शपथ ग्रहण गराएका छन् ।

 

प्रकाशित मिति : २० चैत्र २०८०, मंगलबार  ४ : ०२ बजे