ललितखबर
२१ चैत्र । भेनिस फिल्म फेस्टिभलमा दुई दुई वटा अवार्ड जित्न सफल ‘द रेड सुटकेस’ यही चैत्र ३० गतेबाट प्रर्दशनमा आउदैछ ।
वैदेशिक रोगजारीमा गएको युवाको मनोदशा बोल्ने यस चलचित्र फरक रहेको राजधानीमा आयोजित कार्यक्रममा बताइयो ।
भिजुअल एन्थ्रोपोलोजी पिएचडि गरेर चलचित्रका निर्देशनमा होमिएका फिडेल देवकोटाले निर्देशन गरेको चलचित्रमा पछिल्लो समय चर्चा कमाइरहेका अभिनेता विपिन कार्कीले निःशुल्क अभिनय गरेको चलचित्रका निर्माता निर्माता रामकृष्ण तिमल्सिना बताउछन् ।
निर्देशक फिडेल देवकोटाले यो कथा भन्नुपर्छ र मैले नै भन्नुपर्छ भन्ने हुटहुटीले चलचित्र निर्माण गरेको बताए । उनको यो डेव्यु निर्देशनमा बनेको चलचित्र हो ।
चलचित्रलाई लिएर अर्का अभिनेता सौगात मल्ल समेत उत्साहित देखिए । रेड सुटकेस जस्ता आर्ट चलचित्रमा अभिनय गर्दा आफूभित्रको अभिनय गर्ने प्यास मेटिने अभिनेता मल्ल बताउछन् ।
अभिनेता प्रविण खतिवडाले आफूले वैदेशिक रोजगारीबाट सुटकेश बोकेर फर्केको युवाको भूमिका आफूले निभाउन पाएको गर्विलो महसुस भएको अनुभन सुनाए ।
नेपालमा बन्ने चलचित्र विश्व बजारमा प्रवेश पाएसँगै अस्कर अवार्डसम्म पुग्न धेरै कठीन नरहेको निर्माता तिमल्सिना बताउछन् । निर्माता तिमल्सिना अस्कर अवार्ड वल्र्डकप फुटवलजस्तै संसारभरका चलचित्रले प्रतिश्पर्धा गर्ने हुँदा राज्यले यसमा सघाउनु पर्ने उनको धारणा छ । चलचित्रको मार्केटिङका लागि धेरै पैसा लाग्ने उनी बताउछन् ।
चलचित्रमा अभिनेताहरु विपिन कार्की, प्रविण खतिवडा, सौगात मल्ल र श्रृष्टि श्रेष्ठलगायतले अभिनय गरेका छन् ।
पछिल्लो समय व्यावसायिक चलचित्र प्रर्दशन भइरहेको परिप्रेक्षमा फरक चलचित्र प्रर्दशन हुँदै छ । कलात्मक र आमनेपालीहरुले भोग्दै आएको परिवेश रहेको चलचित्रले दर्शकको साथ पाउने निर्माण पक्षको धारणा छ ।
चलचित्रको पोष्ट प्रोडक्सन श्रीलंकामा गरिएको छ ।
प्रतिक्रिया