१ जेष्ठ २०८३, शुक्रबार | Sat May 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


मकैबारीमा फौजी कीराको प्रकोप सुरु



दमौली (तनहुँ)
२२ चैत । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटार बाट मकै फौजी कीराको प्रकोप सुरु भएको छ । मकैको विरुवामा फौजी किरा लागेको पीडित किसानले बताएका छन् । ढापटारका किसानले लगाएको मकैमा फौजी कीराको समस्या भएको हो ।

फौजी कीराले मकैमा क्षति भएको स्थानीय किसान लक्ष्मण थापा क्षेत्रीले जानकारी दिएका छन् । फौजी कीराले मकैका पात, गुभोमा क्षति पुगेको उनले बताए । उनले भने, “यस क्षेत्रको करिब ४५ रोपनी क्षेत्रफलमा फौजी कीराको समस्या देखिएको छ, गाउँपालिकाको सहयोगमा विषादी प्रयोग पनि भएको छ ।”

आँबुखैरेनी गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीले प्राविधिकको टोलीले बारीमै पुगेर विषादी छरिएको जानकारी दिए । उनले भने, “हालसम्म गाउँपालिकाको वडा नम्बर २ ढापटारमा समस्या देखियो, जानकारी पाउनेबित्तिकै हामीले कीटनाशक औषधि छरेर किसानलाई यसबारेमा सचेत पारेका छौँ ।” विषादी प्रयोगबारे जानकार किसानले रोग नियन्त्रण गरिरहेका छन् ।
रोग नियन्त्रणका लागि जैविक विषादी झोल (निम, खुर्सानी, तितेपानी, लसुन, असुरो) प्रयोग गर्न सकिने केसीले बताए । मसिनो माटो, बालुवा, काठको धुलो, खरानी हालेर पनि कीरा नियन्त्रण गर्न सकिने उनले जानकारी दिए ।

 

प्रकाशित मिति : २२ चैत्र २०८०, बिहिबार  ४ : ५२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।