५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


राजेश हमालले नयाँ टेलिभिजन कार्यक्रम ल्याउने



२२ चैत । महानायक राजेश हमाल नयाँ टेलिभिजन कार्यक्रम लिएर आउने भएका छन्। हमालले ल्याउन लागेको कार्यक्रम ‘यो नेपाली शिर उचाली’ हो। कार्यक्रम चैत ३० गतेबाट हरेक बिहीबार साँझ ८ बजे हिमालय टेलिभिजन र साझा कथा युट्युव च्यानलबाट प्रसारण हुनेछ।

कार्यक्रममा विदेशी भूमिमा संघर्ष गरेर गर्व गर्न लायक काम गरेका नेपालीहरुलाई महानायक हमालले उनीहरुको कर्मथलोमै गएर भेट्नेछन्, र अन्तरंग कुरा गर्नेछन्।

कार्यक्रमको पहिलो सिजन बेलायत र युरोपियन मुलुकलाई कर्मभूमि बनाएका नेपालीहरुको कथाबाट सुरु हुनेछ। जसका लागि हमालसहित प्रोडक्सन टिमले गत सेप्टेम्बरममा बेलायत र युरोपियन मुलुकहरुको भ्रमण गरेको थियो। मुभ मिडिया प्रा.लि. र अल थ्री मिडिया घरले संयुक्त रुपमा उत्पादन गरेको कार्यक्रमको निर्देशन रोशन ठकुरीले गरेका छन्।

कार्यक्रमको टिजर सार्बजनिक गर्दै महानायक हमालले यो कार्यक्रममा संसारभरि छरिएका नेपालीको सपना र संघर्षको वास्तविक कहानी हुने बताएका छन्। आ–आफ्नो क्षेत्रमा सफल र सक्रिय ती नेपालीहरुको कथा सबै नेपालीका लागि प्रेरणा बन्ने र आफ्नो लागि पनि नयाँ अनुभव हुने हमालको भनाइ छ। स्वाभिमान र संभावनाको कथा उजागर हुने कार्यक्रम अनुभव र उत्प्रेरणाको दस्तावेज समेत बन्ने उनको विश्वास छ।

नेपालीहरु हरेक क्षेत्रमा सक्षम भएको र आफ्नो क्षमतालाई विश्वभरि प्रमाणित गरिरहेका छन् भन्ने यथार्थलाई कार्यक्रमले उजागर गर्ने कार्यक्रमका कार्यकारी निर्माता विवेक रेग्मीले बताए। कार्यक्रमले त्यस्ता नेपालीहरुसँग भएको ज्ञान र दक्षतालाई नेपालसँग कसरी जोड्ने भन्ने बहसको सार्थक थालनी गर्ने उनको विश्वास छ।

प्रकाशित मिति : २२ चैत्र २०८०, बिहिबार  ३ : ५५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।