२७ बैशाख २०८१, बिहिबार | Fri May 10 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


नेकपा (एमाले) ललितपुरको नवौं जिल्ला अधिवेशन शुभारम्भ



ललितखबर
२३ चैत्र । नेकपा (एमाले) ललितपुरको नवौं जिल्ला अधिवेशन आजबाट ललितपुरको इमाडोलमा सुरु भएको छ । एक पार्टी प्यालेसमा आज पार्टी उपाध्यक्ष इश्वर पोखरेलले अधिवेशनको शुभारम्भ गरेका छन् ।
उद्घाटन समारोहपछि आज साँझ नैं बन्दसत्र प्रारम्भ भएको छ । नेतृत्व चयनको अधिवेशनको समेत भएकाले पार्टीका नेता कार्यकर्ता घनिभूत छलफलमा छन् ।
जिल्लाको नेतृत्वका लागि तीन जना नेताले उम्मेदवारी दिने भएका छन् । अधिवेशनमा वर्तमान अध्यक्ष पुरुषोत्तम आचार्य, पूर्व प्रदेश सासंद चेतनाथ सञ्जेल र बागमती प्रदेश कमिटीका पूर्वसदस्य दिनेश कार्कीले उम्मेदवारी दिने भएका हुन् ।
अधिल्लो अधिवेशनमा सञ्जेल र आचार्यले नेतृत्वको दाबी गरेका थिए । तर सर्वसम्मतीपछि आचार्य अध्यक्षमा चयन भएका थिए । यो पल्ट समेत आचार्यले नेतृत्वमा आकाक्षा राखेपछि नयाँ नेतृत्वका लागि निर्वाचन हुनसक्ने नेता कार्यकर्ताबीच चर्चा छ ।
नेता कार्कीले जिल्लाका नेताहरूको सल्लाहमा उम्मेदवारी दिने योजना बनाएको बताएका छन् । आचार्यले भने पार्टीलाई थप बलियो बनाउन आफूले उम्मेदवारी दिने कार्ययोजना बनाएको बताए ।
महाधिवेशनमा जिल्लाभरिका करिब ५ सय प्रतिनिधि सहभागी छन्। निर्वाचन समितिले विद्युतीय मतदानको व्यवस्था गरेको आयोजकले जानकारी दिएको छ।
अधिवेसनको उद्घाटनका दिन आज स्वास्थ्य उपसमितिले स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम समेत सम्पन्न गरेको छ । अधिवेशनका लागि ७१ वटै वडा, २३ वटा जनसंगठन, पालिकास्तरीय दलित प्रतिनिधी , लेखा समिती , सल्लाहकार समिती, मनोनित गरी करिब ५ सय जना प्रतिनिधी चयन गरिएको छ । जिल्ला कमिटीको गत २०८० फागुन २३ गते बसेको दशौं पुर्ण बैठकले जिल्लाको नवौ अधिवेशन गर्ने निर्णय गरेको थियो ।
अधिवेशनका लागि जिल्ला अध्यक्ष पुरुषोत्तम आचार्यको संयोजकत्वमा ४ सय ७५ सदस्यीय मुल ब्यवस्थापन समिति गठन भएको थियो ।
अधिवेशनले नयाँ नेतृत्वका लागि मनोनयन लगायतका निर्वाचन प्रकृयाका निम्ति भोली २४ साँझ ५ बजेपछिको समय तोकेको छ । सकेसम्म सहमतीमै र नभए मात्र लोकतान्त्रिक पद्धतीबाट नेतृत्व छानिने जिल्ला अध्यक्ष पुरुषोत्तम आचार्यले जानकारी दिए । उनका अनुसार सहमती नभएको खण्डमा चैत्र २५ गते विहान ८ बजेबाट भोटिङ मेसिनमार्फत मतदान गर्ने सम्मको विकल्प तयार पारिएको छ । अधिवेशनका लागि गठित निर्वाचन समितिको निर्णायानुसार निर्वाचन कार्यक्रम तय हुने उनले बताए ।

प्रकाशित मिति : २३ चैत्र २०८०, शुक्रबार  ४ : २१ बजे