२८ बैशाख २०८१, शुक्रबार | Sat May 11 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


कार्यविनायक मन्दिर वरपर फोहोरै फोहोर



ललितखबर
२४ चैत्र । ललितपुरको खोकना र बुङमतीको बीचमा छ, कार्यविनायक मन्दिर । मन्दिर पुग्न झोलंगेपुल पार गर्न सकिन्छ । पुलबाटै देखिन्छ, मन्दिर वरपरको फोहोर ।
मन्दिरमा दर्शनार्थीले जहाँत्यही फोहोर फ्याकेका छन् । चुचुरामा रहेको मन्दिरभन्दा तल खोचमा, वरपरका चौरमा अनि बाटो बगैचामा जहाँत्यही फोहोर छ ।
मन्दिर परिसरमा शौचालय उस्तै फोहोर देखिन्छ । पानी छैन । टिनको ढोका विग्रेको छ । चारैतिर लेखिएको छ ।
मन्दिर पुग्ने जो कोही दर्शनार्थी फोहोर देखेर अप्ठ्यारो मान्छन् । तर सरसफाई गर्ने कोही छैनन् ।
मन्दिरको व्यवस्थापन गर्दै आएका पुजारी संघका अध्यक्ष आशाकाजी तुलाधर मन्दिरको आम्दानी पुजारीलाई नै नपुग्ने बताउछन् । सरसफाई गर्न आफूहरुले कर्मचारी राख्न नसकेको तर्क गर्दै उनी मन्दिर वरपर पिकनिक आउने आगन्तुकले गरेको आरोप लगाए ।
मन्दिरमा ९ जना पुजारी रहेको तुलाधर बताउछन् । पालैपालो बस्ने पुजारीले मन्दिरको भेटी लिने गरेको उनको भनाई छ ।
भजनमण्डलको जिम्मेवारी लिइरहेका स्थानीय पुस्कर खड्का सरसफाईको काम आफूहरुको नभएको भन्दै पन्छिए । चन्दा आए मन्दिरका व्यवस्थापन लागि भजन मण्डल र पुजारीले लिने गरेको उनको भनाई छ । उनले भने, ‘मन्दिरको सरसफाई व्यवस्थापनका लागि वडा र नगरपालिकाले गर्नु पर्ने हो गरेको छैन ।’

प्रकाशित मिति : २४ चैत्र २०८०, शनिबार  ६ : १७ बजे